logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमालेमा बादल समूह अलपत्र


  • राजनीति
  • शनिबार, जेष्ठ २२ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनःगठन गर्ने भएपछि निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल लगायत एमाले प्रवेश गरेका पूर्व माओवादी नेता बालुवाटार पुगेका थिए। सर्वाैच्चको आदेशले आफुहरु हटेपनि आफ्नो समूहलाई समेत कोटा दिनुपर्ने उनीहरुको प्रस्ताव थियो ।

तर, त्यो प्रस्तावमा ओली सकारात्मक नभएपछि एमाले प्रवेश गरेका पूर्व माओावादी नेता हिस्स बनेका छन् । यद्यपी ओलीले सो समूहबाट पनि मन्त्री राखिने आश्वासन दिएका छन् । यसअघि पूर्व माओवादीका सात मन्त्री सरकारमा थिए ।
हाल ओलीले गृह, रक्षा, वन, सञ्चार, कृषि, बाणिज्य र सङघीय मामिला मन्त्रालय आफुसँगै राखेका छन् । ती पदमा माधव नेपाल पक्षका केही नेतालाई तानेर मन्त्री बनाउने समेत उनको रणनीति रहेको स्रोत बताउँछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार