logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रकाण्डको गिरफ्तारीमा श्रीजना राणाको हात रहेको खुलासा, को हुन उनी ?


  • राजनीति
  • बिहिबार, साउन २४ २०७५

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ प्रकरणमा दरबारमार्ग स्थित पाँच तारे होटल अन्नपूर्णकी सञ्चालक श्रीजना राणा विवादमा तानिएकी छिन् ।

अन्नपूर्ण होटलको तल रहेको जेम्स हाउस नामको पसल उठाउन पटक पटक प्रयास गरेपनि नसकेपछि उनी विप्लव नेतृत्वको नेकपाको सहारा लिन पुगेकी थिइन् ।

जेम्स हाउस हटाए बापत नेकपालाई सहयोग गरेकी श्रीजनाले सहयोगको बारेमा केहि असमझदारी भएको बुझिएको छ।  सोही शिलशिलाका क्रममा राणाले प्रकाण्ड मंगलबार हेटौंडाबाट काठमाडौं आउँदै गरेको सुचना प्रहरीलाई दिएकी थिइन् । राणाको सुचना फलो गर्दै प्रहरी दक्षिणकाली तर्फ हानिएको थियो ।

सशस्त्र प्रहरी सहितको समुहले मंगलबार साँझ प्रकाण्डलाई दक्षिणकाली नगरपालिका टौदहबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई प्रहरीले ७ करोड भन्दा बढी चन्दा असुलेको भन्दै ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाण्ड पक्राउपछि आक्रोशित बनेका पार्टी महासचिव विप्लवले भने साउन २९ गते नेपाल बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । प्रकाण्डको गिरफ्तारीलाइ लिएर सरकारको सवत्र बिरोध र आलोचना भएको छ ।

दियोपोष्ट बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार