logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संसद विघटन फिर्ता लिने मुडमा ओली : राष्ट्रपतिसग गोप्य छलफल !


  • राजनीति
  • बुधबार, जेष्ठ २६ २०७८

पछिल्लो समय विवादमा तानिएका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच संसद् विघटन फिर्ता लिनेबारे छलफल भएको स्रोतको दाबी रहेको छ ।

नेकपा एमालेको आन्तरिक जीवनमा समस्या आइरहेका बेला संसद विघटन फिर्ता लिँदा के हुन्छ भन्ने विषयमा छलफल भएको हो ।

माधव नेपाल समूहले एमाले एकताको लागि संसद विघटन फिर्ता लिनुपर्ने शर्त राखेको छ ।

माधव नेपाल समुहको शर्त मानेर जाँदा आउन सक्ने परिणामका विषयमा छलफल भएको हो । छलफलले के गर्ने भन्ने निष्कर्ष भने निकालेको छैन् ।

स्रोत भन्छ, ‘माधव नेपाल समुहले संसद विघटन फिर्ता लिए एमाले एकता संभव रहेको बताएकाले यो विषयमा प्रधानमन्त्रीले छलफल र परामर्श लिनुभएको छ । तर, प्रधानमन्त्री संसद विघटन फिर्ता लिने निष्कर्षमा भने पुग्नु भएको होइन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार