logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बादलकी श्रीमती नैनकला मन्त्री बन्दै, पूर्वमाओवादी गुटलाई दुई मन्त्री


  • राजनीति
  • बिहिबार, जेष्ठ २७ २०७८

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।

प्रधानमन्त्रीले आज आफ्नो मन्त्रिमण्डलमा सात जना थपेर मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई संचारमन्त्री बनाउने भएका छन् । यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादललगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् । नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार