logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्डका प्रेस सल्लाहकारले गरे प्रकाण्ड गिरफ्तारको बिरोध


  • राजनीति
  • शुक्रबार, साउन २५ २०७५

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालका तत्कालीन प्रेस सल्लाहकार मनहरी तिमिल्सिना समरले नेकपाका प्रवक्ता प्रकाण्डलाइ गिरफ्तार गरिनु राजनीतिक कार्य नभएको भन्दै आक्रोश ब्यक्त गरेका छन । उनले राजनीतिक आस्थाकै कारण सरकार निरकुश बनेको प्रती असहमति जनाउदै यसले थप संकट निम्त्याउने तर्क गरेका छ्न ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस उपलोड गर्दै उक्त धारणा सार्वजनिक गरेका हुन । तिमिल्सिना प्रचण्ड प्रधानमन्त्री हुदा उनको सचिवालयमा बसेर प्रेस हेर्ने गरेका थिए । अहिले पनि उनी सत्तारुढ दल नेकपाका नेता हुन ।

उनको भनाइ यस्तो रहेको छ ।

गृहमन्त्री बादल आफै जनयुद्धका कमाण्डर हुन्। तर, पूर्वमन्त्री एवं नेकपा (विप्लव माओवादी) का प्रवक्ता प्रकाण्डलाई आतंककारी गतिविधिमा संलग्न भएकाले गिरफ्तार गरिएको गृहमन्त्रीको भनाईसँग सहमत हुन सकिनँ। राजनीतिक आस्थाकै आधारमा सरकार निरकुंश बन्नु हुँदैन, यससँग सहमत हुन पनि सकिँदैन। यसले समस्याको दीर्घकालीन समाधान दिन सक्दैन।

http:/https://m.facebook.com/story.php?story_fbid=1848226565224726&id=100001122017852

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार