logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गण्डकी प्रदेशमा नयाँ सरकार बन्दै, को होला मुख्यमन्त्री ?


  • राजनीति
  • शुक्रबार, जेष्ठ २८ २०७८

हिजो सम्पन्न प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि आज २४ घण्टा नबित्दै विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्री बनाउने प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष निवेदन हालेको छ ।

नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई काँग्रेसको १५, माओवादी केन्द्रको ११,राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादीको २ र स्वतन्त्र १ गरी ३१ जना माननीयको समर्थन रहेको व्यहोरा उल्लेख गरी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलसमक्ष निवेदन पेश गरेका हुन् ।

निवेदनसँगै पोखरेलले आफूलाई रहेको समर्थनको कागजात र दस्तखतसमेत पेश गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार