राजनीति
नेपाल कम्युनिष्ट पार्टी कास्कीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ l पक्राउ पर्ने नेकपा कार्यकर्ताहरुमा क्रान्तिकारी भूमीहिन स्कुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरे र अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटि सम्मेलन आयोजक कमिटि सदस्य सागर काफ्ले रहेका छन् l
उनीहरुमध्ये घिमिरेलाई वडा प्रहरी कार्यालय बैदाम र काफ्लेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जानकारी दिएको छ l
यसैबीच नेकपा गण्डकले आफ्ना जिल्ला इन्चार्ज कुमाललाई पक्राउ प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ ।
गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा (आस्था)ले आफ्ना कार्यकर्तालाई बिनाकारण राज्यले गिरफ्तार, धरपकड गर्नु राज्यको गैरजिम्मेवारी पन भएको बताएकी छिन् । गिरफ्तारीमा परेका जिल्ला इन्चार्जलाई बिनासर्त रिहाइ नगरे संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएकी छिन् ।