logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

माधवका सांसदले गरे ओलीका ७ सांसदलाई निलम्बन, हेर्नुस् [नामसहित]


  • राजनीति
  • सोमबार, जेष्ठ ३१ २०७८

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेशसभाका ७ सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार बसेको दलको बैठकले उनीहरूमध्ये केहीलाई १५, १० र ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको सांसद बलबहादुर सोडारीले जानकारी दिए ।

ओली पक्षका सांसदहरूले मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका ७ थिए । एमाले संसदीय दलको ह्विप उलंघन गर्दै विपक्षमा मत हालेका थिए ।

ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए । दलले उनीहरूलाई साेमबार कारबाही गरेको हो । सुदूरपश्चिममा खनाल–नेपाल समूहको बहुमत छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार