राजनीति
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकार वार्ता गर्न तयार रहेको बताएका छन् । उनले सरकार वार्ताको लागि तयार रहेकोमा जोड दिएकाछन ।
(नेकपा)का अध्यक्ष प्रचण्डले सरकार नेकपा प्रति आक्रमक भएको भन्ने कुरा सत्य नभएको बताए । उनले भने, “विप्लव नेतृत्वको पार्टीप्रति सरकार आक्रामक भएको भन्ने कुरामा सत्यता छैन ।”
गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेकपाले राजनीतिकभन्दा पनि आतंक मच्चाउने हिसाबले गतिविधि गरेको आरोप समेत लगाए । वामपन्थीहरुकै सरकार भएकाले विप्लवसँग संवाद गर्न सकिने बताए ।
यश अगाडि चितवन नै पुगेर गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीले विधंशकारी गतिविधि गरेको कारण सो पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरिएको बताएका थिए ।