logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एसियाबाट यी १२ देश विश्वकपका लागि छनाैट


  • राजनीति
  • बिहिबार, असार ३ २०७८

विश्वकप फुटबल २०२२ मा छनोट हुन एशियाबाट १२ राष्ट्र अन्तिम प्रतिष्पर्धामा छानिएका छन् । दोस्रो चरणको छनोटबाट अन्तिम चरणमा १२ राष्ट्र पुगेका हुन् ।

अब दुई समूहमा विभाजित गरेर अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रत्येक समूहमा ६ राष्ट्र हुनेछन् ।

एशियाबाट अन्तिम प्रतिष्पर्धामा समूह विजेता भएर जानेमा सिरिया, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरेबिया, इरान र युएई छन् । आठवटा समूहमा उत्कृष्ट पाँच उपविजेतामा ओमान, चीन, लेबनान, इराक र भियतनाम छन् । कतार आयोजक राष्ट्र भएकाले उसले अन्तिम छनोट खेल्नुपर्ने छैन । कतार आयोजक भएर छनोट भइसकेकाले उपविजेतामध्येबाट पाचौं राष्ट्र भियतनाम अनितम प्रतिष्पर्धामा पुगेर इतिहास रच्न सफल भएको छ ।

अब १२ देशहरु दुई समूहमा विभाजित भई छनोट खेल खेल्नेछन् । प्रत्येक समूहमा ६ राष्ट्र हुनेछन् । विजेता र उपविजेता कतारमा हुने विश्वकपमा छानिनेछन् ।

प्रत्येक समूहका तेस्रो बन्ने राष्ट्रबीच दुई पटक प्रतिष्पर्धा भई विजेताले फेरि कन्फेडेरेशनबाट त्यसरी नै छनोट भई आउनेसँग दुईपटक प्रतिष्पर्धा गर्नुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार