राजनीति
विवादैविवादको चपेटामा परेको सत्तारुढ नेकपा एमालेभित्र अहिले एकताको लागि विभिन्न उपायहरुको तिब्र खोजी भैरहेको छ । यस्तो भुमरीमा रहेको एमालेभित्र एकताका लागी ४ बटा बिकल्पका बारेमा बहस र छ्लफल भैरहेको छ । एमाले भित्र मुख्य गरी जेठ २ अगाडी जाने बहस अत्यन्तै जोडतोडका साथ चलिरहेको छ । एमाले भित्र अहिले जेठ २ अगाडिको संरचनामा फर्कने कि नफर्कने भन्ने आ आफ्नै तर्क र बहस छन ।
अतिनै संकटमा परेपछी पछिल्लो समय अध्यक्ष केपी ओली पनि मूलतः जेठ २ नजिक फर्कन तयार भएका छन् । तर, यसबीचमा मनोनित भएका केन्द्रीय सदस्यहरुलाई मान्यता दिने कि नदिने भन्नेबारे ओली पक्ष र माधव पक्षबीच कुरो मिल्न सकिरहेको छैन । जेठ २ मा कसरी फर्कने भन्ने प्रक्रिया र मापदण्डबारे दुई समूहबीच आ आफ्नै तर्क र तथ्यहरु दाबी गरिरहेकाछन ।
तीन वर्ष अगाडी अर्थात २०७५ जेठ २ अघि फर्कँदा एमालेको कति सदस्यीय केन्द्रीय कमिटीलाई वैधानिक मान्ने ?
अहिले एमालेमा मुल त बादल समूह ने घाँडो जस्तो भएको छ । प्रचण्ड र ओलीको एक झट्कामा एकता हुँदा आएका बादल सहित २३ जना केन्द्रिय नेता प्रचण्ड र ओलीको बियोगमा ओली तिर नै बसे अर्थात पुर्व पार्टी माओवादी केन्द्रमा फर्केनन । त्यति मात्र कहाँ बादल लगाएत मुख्य नेताले त मन्त्री पद नै हात पारे । अहिले बादलले आफ्नी श्रीमतिलाइ मन्त्री बनाएका छन भने अरु नेताको भने खाली हात बस्न बाध्य भएका छन ।
अहिले पूर्व माओवादी नेता बादल सहितको २३ जना माधवको लागि अमान्य र ओलीको लागि प्यारो बन्दै गएको छ । यधपी एमाले जोगाउने सर्तमा ओलीले बादल समुहलाइ लात मार्न सक्ने संकेत सम्म देखिएको छ ।
फागुन २८ गते ओली पक्षको बैठकबाट एमालेको केन्द्रीय कमिटीमा मनोनयन गरिएका २३ पुर्व माओवादी नेताहरुको नामावली यस प्रकार छ–
रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङ्बो, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलम्पाकी, कमल चौलागाई, मनोजजंग थापा, विषमलाल अधिकारी दनुवार, लिलबहादुर थापा मगर, दधिराम न्यौपाने, गिरिधारीलाल न्यौपाने, दिनेश पन्थी, नवीन रोकामगर, धर्मराज रेग्मी, गौरीशंकर थारु, झपट बोहोरा, दाबा लामा, चन्द्रबहादुर खड्का र रामचन्द्र मण्डल ।
तत्कालिन माओवादी केन्द्रसँग एकता गरेपछि नेकपाको केन्द्रीय कमिटी ४४१ सदस्यीय बनाइएको थियो । एमालेबाट २४१ र माओवादीबाट २०० सदस्य राखेर ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको हो । एकताको मुखमा एमालेले २०२ सदस्यीय कमिटीमा नयाँ सदस्यहरु थपेर २४१ सदस्यीय बनाएको थियो ।