logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एमाले जेठ २ मा फर्किदा को को आउट (नामवली सहित)


  • राजनीति
  • शुक्रबार, असार ४ २०७८

विवादको भुमरीमा फसेको सत्तारुढ नेकपा एमालेभित्र अहिले जेठ २ बहस अत्यन्तै जोडतोडका साथ चलिरहेको छ । एमाले भित्र अहिले जेठ २ अगाडिको संरचनामा फर्कने कि नफर्कने भन्ने आ आफ्नै तर्क र बहस छन ।

अतिनै संकटमा परेपछी पछिल्लो समय अध्यक्ष केपी ओली पनि मूलतः जेठ २ नजिक फर्कन तयार भएका छन् । तर, यसबीचमा मनोनित भएका केन्द्रीय सदस्यहरुलाई मान्यता दिने कि नदिने भन्नेबारे ओली पक्ष र माधव पक्षबीच कुरो मिल्न सकिरहेको छैन । जेठ २ मा कसरी फर्कने भन्ने प्रक्रिया र मापदण्डबारे दुई समूहबीच आ आफ्नै तर्क र तथ्यहरु दाबी गरिरहेकाछन ।

तीन वर्ष अगाडी अर्थात २०७५ जेठ २ अघि फर्कँदा एमालेको कति सदस्यीय केन्द्रीय कमिटीलाई वैधानिक मान्ने ? मूलतः केन्द्रीय कमिटीका चारवटा संख्यामा ओली–माधव पक्षबीच विवाद छ :
एक– पूर्वमाओवादी नेता बादलहरुसहितको २६४ सदस्यीय कमिटीलाई मान्ने कि ? दुई– पार्टी एकताका बेलाको एमालेतर्फको २४१ सदस्यीय कमिटीलाई मान्ने कि ? तीन– पार्टी एकताका बेला थपिएका तीन दर्जन सदस्यलाई समेत हटाएर २०२ सदस्यीय कमिटीलाई मात्र मान्ने कि ? अथवा, नवौं महाधिवेशनको निर्वाचित १८१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्ने ? यिनै चारवटा संरचनामा कुरो नमिलेका कारण एमालेलाई ०७५ जेठ २ भन्दा अगाडिको संरचनामा फर्कन सकस परिरहेको हो ।

एमालेको ९ औं महाधिवेशनको १८१ सदस्यीय संरचना

एमालेको नवौं महाधिवेशनकालीन संरचना भनेको १८१ सदस्यीय कमिटी हो । यसमा पदाधिकारीसहित २६ जना स्थायी कमिटी सदस्य, ३९ जना पोलिटब्युरो सदस्य (२४ पूर्ण, १५ वैकल्पिक) र ११६ जना केन्द्रीय सदस्य (२४ पूर्ण, १५ वैकल्पिक) समेटिएका छन् । यीमध्ये रविन्द्र अधिकारी र पशुपति चौलागाईंको मृत्यु भइसकेको छ भने कतिपय नेताहरु राजदूत, राष्ट्रियसभा अध्यक्ष एवं प्रदेश प्रमुखमा नियुक्त भएको अवस्था छ ।

माधव–झलनाथ पक्षको मागअनुसार अब एमालेलाई नवौं महाधिवेशनकालीन संरचनामै फर्काउने हो भने १८१ सदस्यीय केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने हुन्छ, जसमा मृत्यु भइसकेका र राजनीतिक नियुक्तिमा गएकाहरूको संख्या घटाउँदा केन्द्रीय कमिटी अझै सानो हुनेछ ।

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको केन्द्रीय पदाधिकारीमा १५ जना छन् । अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, चारजना उपाध्यक्ष, एक महासचिव, दुईजना उपमहासचिव र ५ जना सचिवसहित १५ जनाको पदाधिकारी टिम छ ।

एमालेका चार उपाध्यक्षहरु वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल हुन् । दुई उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल हुन् । त्यस्तै, पाँच सचिवहरूमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई हुन् ।

त्यसैगरी, नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटीमा २२ जना छन् । यसमा पदेन सदस्यका रुपमा रहने अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, लेखा परीक्षण आयोगका डा. पुष्प कँडेल, निर्वाचन आयोगका सोमनाथ प्यासी र केन्द्रीय सल्लाकार परिषदका अध्यक्ष केशव बडाललाई समेत जोड्दा एमालेको स्थायी कमिटी २६ सदस्यीय हुन जान्छ । प्यासी प्रदेश प्रमुखको नियुक्तिमा गएकाले बैठकमा बस्न पाउँदैनन् ।

नवौं महाधिवेशनले चुनेका स्थायी कमिटी सदस्यहरुमा १५ जना पदाधिकारीसहित मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल छन् ।

नवौं महाधिवेशनबाट चुनिएका एमालेका पूर्ण पोलिटब्यूरो सदस्यहरु २४ जना छन् भने बैकल्पिक पोलिटब्यूरोमा १५ जना गरी कुल पोलिटब्यूरो सदस्य संख्या ३९ जनाको छ । महाधिवेशनकालीन पोलिटब्यूरोको बैठक राख्ने हो भने २६ जना स्थायी कमिटीका सदस्य र ३९ जना पोलिटब्यूरोका सदस्यसहित ६५ जना बस्नुपर्ने हुन्छ । यसमा कोही राजदूत र अन्य नियुक्तिमा गएकाले केही संख्या घट्न सक्छ ।

नवौं महाधिवेशनले बनाएका एमालेका २४ जना पूर्ण पोलिटब्यूरो सदस्यहरुमा अग्नि खरेल, अरुण नेपाल, काशिनाथ अधिकारी, गणेश तिम्सिना, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे, बेदराम भुसाल, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यमलाल कँडेल, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, डा. विजय पौडेल, विष्णु रिमाल र श्रीमाया थकाली छन् । पोलिटब्यूरो सदस्य पशुपति चौलागाईको कोरोनाका कारण निधन भएको छ भने केही पोलिटब्यूरो सदस्यहरु राजदूत एवं प्रदेश प्रमुख लगायतमा नियुक्तिमा गएको अवस्था छ ।

एमालेको नवौं महाधिवेशनले बनाएका १५ जना वैकल्पिक पोलिटब्युरो सदस्यमा कर्ण थापा, गोकुल घर्तीमगर, गोरख बोगटी, गौरा प्रसाईं, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, डा. बंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुघ्न महतो, शेरधन राई र सानुकुमार श्रेष्ठ हुन् । यीमध्ये केही नेताहरु राजनीतिक नियुक्तिमा छन् भने योगनारायण यादवको कोरोनाका कारण निधन भएको छ ।

नवौं महाधिवेशनले ६७ जना पूर्ण र ४९ जना वैकल्पिक केन्द्रीय सदस्य गरी कुल ११६ जना केन्द्रीय सदस्यहरु चयन गरेको थियो । महाधिवेशनकालीन पूर्ण केन्द्रीय सदस्यहरुको नामावली यस्तो छ–

ईश्वरी रिजाल, एकराज विश्वकर्मा, कमलादेवी महतो, कल्याणी खड्का, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, खगेन्द्र राई, खिमलाल भट्टराई, खेमनाथ खड्का, गणेशसिंह ठगुन्ना, गरिमा शाह, गोमा देवकोटा, घनेन्द्र बस्नेत, चूडामणि जंगली, जगदीशप्रसाद कुसियत, जगन्ती राई, जया घिमिरे, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टंक कार्की, ठाकुर गैरे, डम्बरसिं सम्बाहाङफे, देवराज घिमिरे, नजिर मिया, पद्मा अर्याल, प्रेमेश हमाल, पार्वत गुरुङ, बलवीरप्रसाद चौधरी, बलदेव चौधरी, डा. विजय सुब्बा, बैजनाथ चौधरी, बोमबहादुर बिक, भैरवसुन्दर श्रेष्ठ, ममता गिरी, महम्मद म अन्सारी, महिम लिम्बु, महेश्वर पाठक, मायानाथ अधिकारी, यत्रराज सुनुवार, डा. राजन भट्टराई, राजेन्द्रकुमार राई, राधाकृष्ण मैनाली, रामकुमार ज्ञवाली, रामकुमारी झाँक्री, लक्ष्मण पौडेल, लालबहादुर थापा, लीला गिरी, लीलानाथ श्रेष्ठ, विजय गुरुङ, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, डा. शिवमाया तुम्बाहाम्फे, शेरबहादुर तामाङ, सावित्रा भुसाल, सिराज अ फारुकी, सीता गिरी ओली, सीता पौडेल, सुजिता शाक्य, सुशीला नेपाल, सूर्य थापा, सुमन प्याकुरेल, सोमप्रसाद पाण्डे, श्रीप्रसाद साह, हरि पराजुली, हिक्मत कार्की र ज्ञानबहादुर भुजेल ।

९ औं महाधिवशेनकालीन वैकल्पिक केन्द्रीय सदस्यहरुको नामावली यसप्रकार छ–

किशोर अधिकारी, खगेन्द्र चुडाल, खेमप्रसाद लोहनी, गणेश पहाडी, गुलावजंग शाह, गोविन्द नेपाली, झपट रावल, तिलक महत, तिलबहादुर बिक, तैयव हुसेन, दिनेशचन्द्र यादव, दिनेश राई, डा. देउमान सम्बाहाङ्फे, देवशंकर पौडेल, धर्मराज निरौला, निरा जैरु, निरुदेवी पाल, प्रकाश शाह, प्रतापलाल श्रेष्ठ, पुरणसिंह दयाल, प्रेमबहादुर आले, प्रेमल खनाल, विना श्रेष्ठ, भगवती चौधरी, भास्कर काफ्ले, मानबहादुर जीसी, मेटमणि चौधरी, मोहन बानियाँ, रचना खड्का, रविनन कोइराला, लक्ष्मी पोखरेल, विक्रम शाही, विशाल भट्टराई, शेरबहादुर केसी, सीता सुन्दास, सुरेन्द्र मानन्धर, सोम मिश्र, हरिबहादुर राई र हंशराज शाह ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार