logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

क्रान्तिकारी कास्कीद्धारा रक्तदान


  • राजनीति
  • सोमबार, असार ७ २०७८

कोरोना महामारीको बेला रगत अभावलाई मध्यनजर गर्दै नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले रक्तदान सम्पन्न गरेको छ ।

स्वास्थ्य महामारीको अवस्थामा अस्पतालहरुमा रगत अभाव नहोस् भन्ने उद्देश्यले अखिल (क्रान्तिकारी) कास्कीले रक्तदान गरेको जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको जिल्ला अध्यक्ष पुरन पुनले जानकारी दिए । अध्यक्ष पुनका अनुसार रक्तदान कार्यक्रम पुर्णारुपमा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको बताएकाछन ।


उक्त रक्तदान कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रकाश बास्तोलाको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष पुरन पुन लगायत अखिल क्रान्तिकारीका नेता कार्यकर्ता, नेकपा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पूर्णजीत पुन ‘उभार’, कास्की जिल्ला सेक्रेटरी गोकुल सहित २५ जनाले रक्तदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार