logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दीपक मनाङेको मुभ : प्रचण्ड र बाबुरामसग भेटवार्ता


  • राजनीति
  • सोमबार, असार ७ २०७८

सत्ता समीकरणको बिषयलले तातिरहेको गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

शनिबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका मनाङेले आइतबार भट्टराईसँग भेट गरेका हुन् । प्रचण्ड, उनकी छोरी गंगा दाहाल र मनाङेको तस्वीर आइतबार मनाङेका सहयोगीले फेसबुकमा राखेका छन् ।

मनाङेले आफूले प्रचण्ड र बाबुराम भट्टराईसँग भेट गरेको पुष्टि गरे । दुबै नेतासँग गण्डी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको उनले बताए ।

त्यस्तै भट्टराईसँगको कुराकानीमा आउँदो चुनाव जनता समाजवादी पार्टीसँग मिलेर लड्ने विषयमा छलफल भएको मनाङेले बताए ।

एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए । पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार