logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

ओलीलाई सर्वोच्चकाे अर्को झड्का, आएन अन्तरिम आदेश


  • राजनीति
  • मंगलबार, असार ८ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले मुध्दाका दुवै पक्षलाई झिकाउन आदेश गरेको छ ।

एमाले कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश रध्द गराउन परेको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । इजलासले अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुवै पक्षलाई जवाफसहित अदालतमा उपस्थित हुन भनेको छ ।यसअघि सर्वोच्चकै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको दशौँ महाधिवेशन आयोजक समितिले गरेको सांसदहरुमाथिको कारवाही अवैध ठहर गर्दै अन्तरिम आदेशमार्फत पुनर्बहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध ओलीले हिजो भ्याकेट निवेदन दिएकाे हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार