logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माओवादी छोडेर एमाले भएका १४ जनप्रतिनिधिलाई आयोगद्धारा पदमुक्त


  • राजनीति
  • शुक्रबार, असार ११ २०७८

नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ जना छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार