राजनीति
नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डलाई ४८ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन अदालतले आदेश दिएको छ ।
हिजो आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दैछ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुखविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । नरेन्द्रले विश्वकर्मासहित नेकपाका नेताहरु हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको दाबी गरेका हुन् । मनबहादुर खड्ग बहादुरका सवारीचालक हुन् ।