राजनीति
विप्लव नेतृत्व नेपाल कम्यूनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाचीको आयोजनामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
संचारकर्मी रुपा सुनारलाई जात कै आधारलाई लिएर काठमाडौमा पक्का भई सकेको कोठा नदिएकि घरबेटी सरस्वती प्रधानका विरुद्ध र मुद्धा परि सकेर हिरासतमा रहेकी घरबेटीलाई गाडी चढाएर रिसिभ गर्ने शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठका विरुद्ध आज अर्घाखाचीको शान्ति बगैचामा बिरोध प्रदशन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज तथा नेकपाका सन्धिखर्क र भुमिकास्थान नगर इन्चार्ज नविन खड्का (बारुद) ले दश बर्षे जनयुद्धमा केही मात्रामा कम भएको यो विभेद प्रचण्ड बाबुराम जब दलाल संसदिय ब्यबस्थामा बिलयहुन पुगेपछी नेपालमा फेरी प्रतिक्रान्ति भएको बताएकाछन । उनले फेरी बलात्कार, हत्या, हिंसा, लुटपाट भइरहेको भन्दै अझै पनि यही दलाल पुजिवादी ब्यबस्था रह्यो भने दिनदाहाडै चेलिबेटी ब’लात्कार हुने छन । ह’त्या, हिं’सा जस्ता जघन्य अ’पराधहरु बढ्ने तर्क गरेकाछन । उनले भने यो दलाल सत्तामा पैसा र पावरले जे गर्न पनि छुट दिएको छ । एक दिन यो दलाल सत्ता र केपि ओलीका भरौटेहरुलाइ सडकमा ल्याएर जनताले दण्डित गर्ने भन्दै चुनौती समेत दिएका छन ।
यस्तै अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष बाबुराम एसके ले राजधानी मै एउटा दलित भनेर यति सम्म हेपिएको छ भने अन्य गाउ समाजमा झन कति धेरै छन । जातिय हिंसा गर्ने सरस्वती प्रधानलाई नालायक कृष्ण गोपाल श्रेष्ठ नालायक शिक्षा मन्त्रीले लज्जास्पद काम गरेको छ । अमेरीका भारत लगाएत पुजिवादी देशका जातिय घटनाका बिषयलाई उदाहरण दिदै यो विभेद कुनै ब्यक्ती, संस्था अथवा निकायले अथवा पुजिवादी राज्य ब्यबस्थाले अन्त्य नहुने र वैज्ञानिक समाजवादले मात्र यसको समाधान गर्ने कुरा रहेको बताएका छन् ।
करिब ५० जना उपस्थित रहेको जातिय विभेद विरुद्धको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी)का जिल्ला सचिव गिरिजा खड्का र संचालन उपाध्यक्ष पदम नेपालीले गरेका थिए । यस्तै अखिल (क्रान्तिकारी) ले आजै राजधानीकाे माइतीघर मण्डलमा पनि प्रदर्शन गरेकाे थियाे ।