राजनीति
sf7df8f}F, & ;fpg M sf]le8 !( sf] lgoGq0f tyf /f]syfdsf nflu nufPsf] aGbfaGbL v'n]kl5 a'waf/ sf7df8f}Fsf] rqmkyl:yt a;'Gw/fdf u'8]sf ;fj{hlgs oftfoftsf ;fwg . t:jL/ M /f]zg ;fksf]6f, /f;;
सरकारले भोलिबाट निषेधाज्ञा अझ खुकुलो गरेको छ । सार्वजनिक बसहरु सञ्चालन गर्न दिइने भएको छ । पसलहरु दिनभर खोल्न दिइने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी आज निषेधाज्ञासम्बन्धी नयाँ आदेश जारी भएको हो । जस अनुसार २५ सिट क्षमताका सार्वजनिक यात्रुवाहक बस जोर बिजोर प्रणालीमा भोलिबाट सञ्चालनको अनुमती दिइएको छ ।
पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्ने अनुमति दिइएको छ । खाद्यान्नलगायत अत्यावश्यक सामाग्री विक्रीवितरण गर्ने पसलहरु भने साँझ ६ बजेसम्म खोल्न अनुमती दिइएको छ ।
सरकारले १६ वैशाखबाट निषेधाज्ञा जारी गरेकोमा असारको पहिलो हप्ताबाट खुकुलो गर्दै लगेको थियो । ८ असारबाट जोर बिजोरमा निजी सवारी सञ्चाइन गर्न दिइएको थियो । १५ असारबाट अझ खुकुलो पारेपनि निषेधाज्ञा भने अझै जारी छ ।

