logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

खोपको कालोबजारी : ७ हजार तिर्ने १० जना भए घरै आउने


  • राजनीति
  • मंगलबार, असार १५ २०७८

यतिबेला विश्व कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरबाट आक्रान्त छ। विश्वका कतिपय धनी मुलुकहरुले कोरोनाविरुद्धको खोप लगाएर ढुक्क भइसकेका छन् ,भने कतिपयले धमाधम लगाइरहेका छन्। तर, नेपालमा भने,कोरोनाविरुद्धको खोपमा कालोबजारी चलिरहेको छ।

संघीय राजधानी काठमाडौंमा नाम चलेका सरकारी तथा गैरसरकारी अस्पतालमा काम गर्ने डाक्टरहरूले नै कालोबजारी धन्दा सुरु गरेका छन्। सरकार छिमेकी मुलुकसँग खोप सहयोग माग्दै बसेको छ। डाक्टरहरू अवैध रूपमा खोपको व्यापार गरी रहेका छन्। ​

हुने खाने वर्गले बढी पैसा तिरेरै भए पनि खोप लगाउन चाहन्छन्। राजधानीमा नाम चलेको एक अस्पतालमा काम गर्ने डाक्टरले नाम नलेख्‍ने शर्तमा भने, ‘खोप लगाउने १० जना भेला गर्नुस् घरमै आएर कोरोनाविरुद्धको खोप लगाइदिन्छौँ’ उनले थपे,‘प्रतिसुईको ७ हजार लाग्छ।’

नेपालमा पनि ९ हजारभन्दा बढी मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। खोपको हाहाकार चलिरहेको छ। पहिलो डोज खोप लगाएका दोस्रा डोजको पर्खाइमा रहेका छन्। नेपाललाई कुन देशले कति खोप सहयोग गर्ला भनेर आस गर्नुपर्ने अवस्था छ।
सन्जिता आचार्यले थाहाखबरमा लेखेकीछन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार