logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ओलीगुटमै चर्काचर्की मन्त्री श्रेष्ठलाई राजीनामा दिन दवाव


  • राजनीति
  • बुधबार, असार १६ २०७८

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले समूहका नेताहरूले नै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामाको जोडदार मागेका छन्।

आज बुधबार बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीले श्रेष्ठ रूपा सुनार प्रकरणमा गल्ती गरेकाले आत्मआलोचना गर्नु पर्ने बताएका थिए।

‘संचारकर्मी रूपा सुनारको मुद्दामा एमालेको वरिष्ठ केन्द्रीय सदस्यले जे व्यवहार देखाउनु भयो त्यो दु:खद र खेदजनक छ। यसले जातीय विभेदविरूद्ध सबै नागरिकलाई आहात पुर्‍याएको छ,’ विश्वकर्माले बैठकमा भने,‘यस्ता कुराले एमालेप्रतिको आशा-विश्वास पनि धुमिल बनाउन सक्छ। त्यसैले उहाँले आत्मआलोचना गर्नुपर्छ।’

मन्त्री श्रेष्ठ अहिले बहालवाला भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने आफूले सुझाव दिएको विश्वकर्माले बताए।

‘सरकार मन्त्रीका रूपमा पनि उहाँ सबैको अभिभावक बन्न सक्नुभएन। व्यक्तिगत रूपमा मेरो उहाँसँग आत्मीय सम्बन्ध भए पनि उहाँले उच्च नैतिकता प्रदर्शन गरेर राजीनामा दिनुपर्छ भन्ने मैले सुझाव दिएँ,’ विश्वकर्माले भने।

जवाफमा प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठको व्यवहार शोभनीय नभएको बताएका थिए।

मन्त्री श्रेष्ठले आफूसँग भावनामा बगेर कमजोरी भएको स्वीकारेको र भविष्यमा यस्तो नगर्ने बताएको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिए। उक्त विषयमा शिक्षा मन्त्री श्रेष्ठले भने कुनै प्रतिक्रिया दिएनन्।

बालुवाटारको बैठकमा सहभागी अर्का नेता बमबहादुर विश्वकर्माले पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार