logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमाले विवाद झन चर्काे, वारपार गर्न बैठक


  • राजनीति
  • बुधबार, असार १६ २०७८

एमालेको माधव पक्षले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले बिहीबार विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने जानकारी दिइन् । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौ’, शाक्यले जानकारी दिइन् ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समुहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।

बुधबार बालुवाटारमा बसेको बैठकले आठ जना नेतालाई स्थायी समिति सदस्यमा मनोनयन गर्ने समेत निर्णय गरेपछि अध्यक्ष ओली जेठ २ मा फर्कने भनेर प्रचार गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताइन् । माधव समूह आज बसेकाे वैठकलाइ अवैधानिक भन्दै असार १८ काे बैठक बहिष्कार गर्ने बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार