logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

माधव समुहकाे स्थायी कमिटी बैठक सुरु


  • राजनीति
  • बिहिबार, असार १७ २०७८

नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेट्समा बसेको हो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागी हुने/नहुने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

उता, एमालेका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । पार्टी एकताका विषयमा बुधबार साँझ उनीहरुबीच छलफल भएको थियो । नेताहरुले बिहीबार बिहान पनि छलफल गरेका छन् । आज साँझ पनि छलफल गर्ने तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार