logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

दुई दिन भित्र हस्ताक्षर फिर्ता लिन २३ सांसदलाई एमालेकाे अल्टिमेटम


  • राजनीति
  • शुक्रबार, असार १८ २०७८

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनेर बुझाएको हस्ताक्षर दुई दिनभित्र फिर्ता गर्नुपर्ने प्रस्ताव पार्टीको केन्द्रीय कमिटीमा पेस गरेका छन् । महासचिव पोखरेलले प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको छ ।

नेपाल पक्षको अनुपस्थितिबीच नेकपा एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठक बालुवाटारमा बसिरहेको छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो ।

​बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् । त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय कमिटीमाथि माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।

ठक बस्न अघि अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षका तीन जना नेताहरुसँग आफ्नो निवासमा छलफल गरेका छन् । स्रोतका अनुसार बैठकअघि माधव पक्षका नेताहरु भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए । तीन जनाले अध्यक्ष ओलीलाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार