logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सकियाे माधव नेपाल र प्रभावशाली ६ नेताबिच भेट, के भयाे ?


  • राजनीति
  • आइतबार, असार २० २०७८

सत्तारूढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका दोस्रो तहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

आज बिहान नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङ नेपाल निवास कोटेश्वर पुगेका थिए । दोस्रो तहका नेताहरु पाटीलाई एकताबद्ध बनाउन लगातार छलफलमा छन् ।

कोटेश्वर पुगेका नेताहरुले नेपाललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर छलफल गर्न आग्रह गरेका हुन् । “उहाँलाई हामीले पार्टीलाई एकताबद्ध बनाउन लाग्नोस् । हामी एकताबद्ध छौँ र हुन्छौँ । तपाईं र अध्यक्ष ओली बसेर सल्लाह गर्नोस् भन्यौँ,” एक नेताले जानकारी दिए ।

छलफलमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि सहभागि थिए । नेता नेपालले भने अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएको ती नेताले जानकारी दिए । “उहाँले तपाईंहरुको कुरा सकारात्मक लाग्यो, साथीभाइहरुसँग पनि कुरा गर्छु भन्नुभयो,” उनले भने ।

नेपालनिकट स्रोतका अनुसार नेता नेपालले अदालतमा गरेको हस्ताक्षर फिर्ता नलिने जवाफ दिएका छन् । दुई नेताहरुबीच छलफल हुने सम्भावना भने रहेको नेपालनिकट स्रोतको भनाइ छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार