logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

रेखाको मालीका म्युजिकल्लीमा पनि हिट !


  • राजनीति
  • मंगलबार, साउन २९ २०७५

rekha malika

काठमाण्डौं – रेखा थापाले निर्माण तथा निर्देशन गरेको बहुप्रतिक्षित चलचित्र मालिकाको गीत हल्का मायाँ म्युजिकल्लीमा भाईरल भएको छ । अभिनेत्री थापाले दिनमा १०० भन्दा वढि म्युजिकल्ली वनाएर दर्शकले आफुलाई पठाउने गरेको बताईन् ।

यद्यपी सामाजिक सन्जालमा यो गितको भिडियो राख्ने प्रतिस्पर्धानै चलेको छ । दिनमा क्यौं सख्यांमा मलाई ईनवक्स तथा ट्याग आउँने गरेको छ, थापाले भनिन्, ‘चलचित्रको यो गित भाईरल भएको मात्रै छैन, दर्शक चलचित्र हेर्न आतुर भएको समेत वताईराख्नुभएको छ, भ्याएसम्म फेसवुकमा शेयर गरेकी छु ।’

हल्का माया“ के मायाँ गाढा लगाउने, नजिकका मायाँ छदैछ, टाढा लगाउने बोलको गीत भाईरल भएसँगै अभिनेत्री थापा मख्ख छिन् । सुरेश अधिकारीको संगीतमा वनेको यो गीत जाजरकोटको दरबारको प्रांगणमा खिचिएको थियो । अचम्मको कुरा त के छ भने यो गितमा रेखा थापासंग १ सय भन्दा बढी नृत्यांगनालाई देखाईएको छ ।

सुदुर पश्चिमेलीको साँस्कृतिक सैलिमा नृत्य निर्देशक रामजी लामिछानेले नृत्य गराएका छन् । रामशरण उप्रेतीले छायांकन गरेको चलचित्रलाई बनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

चलचित्रलाई निर्माता सरस्वती थापा र कार्यकारी निर्माता नर बहादुर कार्कीले निर्माण गरेका हुन् । रेखा फिल्मस्को ब्यानरमा निर्मित मालिका कार्तिक २१ गते लक्ष्मीपूजाको दिन रिलिज हुदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार