राजनीति
गत जेठ १२ गते आइतबार काठमाडौँको घट्टेकुलोको विस्फोटनमा परी घाइते भएका अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पस अध्यक्ष रबिन केसी २६ महिना पछि रिहा भएका छन् ।
जेठ १२ गते देखी नै प्रहरी हिरासतमा रहेका केसी डिल्ली बजारको भद्रगोल जेल चलान भएको थिए । त्यसपछि केन्द्रीय कारागार सुन्धारा राखिएकाे थियाे । ०७६ जेठ १२ घट्टेकुला बिस्फाेटका घाइते नेता केसी बिस्फाेटक मुद्दामा जेल चलान गरिएका थियाे । घाइते हुदा प्रहरीको निगरानीमा केहि दिन ट्रमा सेन्टरको आकस्मिक कक्षको राखेर उपचार गरिएको थियो । रुकुम सानी भेरीका २६ वर्षीय रबिन केसी प्रहरीले हत्कडी लगाएर उपचार गरेको थियो।
रविन घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका थिए । उनको छाति र खुट्टामा चोट लागेको थियो । सोही बिस्फोटनमा परी बिद्यार्थी नेता प्रज्जवल शाही काे निधन भएको थियाे ।


