logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सकियाे प्रचण्ड माधव भेट, के भयाे सहमति ?


  • राजनीति
  • मंगलबार, असार २२ २०७८

जनकपुर पुगेर फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट माधव भेट्न प्रचण्ड सिधै काेटेश्वर पुगेका थिए ।

नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड जनकपुरबाट फर्कने क्रममा सिधै कोटेश्वर पुगेका हुन् । दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । ‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल र कुराकानी भएको बुझिएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार