logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

२० भुपु मन्त्री फेरि फर्किने तयारीमा, यस्तो छ बालुवाटारकाे प्लान


  • पत्रपत्रिका
  • बुधबार, असार २३ २०७८

सर्वाेच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन्् ।

शहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चार नैनकला थापा, पर्यटन उमाशंकर अरगरिया, सामान्य प्रशासन गणेश पहाडी र खेलकुदमन्त्री एकवाल मियाँ मात्र आफ्नै घर फर्किएका छन् । त्यहाँका ५ वटा ब्लकमा १९ वटा क्वार्टर छन् ।

जसमध्ये शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक वसन्त नेम्बाङ, कानुनका लीलानाथ श्रेष्ठले तीन वटा क्वार्टर प्रयोग गरिरहेका छन् । राष्ट्रिय सभाको उपाध्यक्षलाई एउटा ब्लक दिइएको छ भने ८ असारको अदालती आदेशपछि मन्त्री पद गएकामध्ये केहीले अझै सामान सारेका छैनन् ।

अर्थमन्त्री विष्णु पौडेलले सरकारी निवास प्रयोग गरेका छैनन्, परराष्ट्रमन्त्री रघुवीर महासेठ क्वार्टरमै बसेनन् । राजकिशोर यादव गौरीघाटबाट पुल्चोकस्थित मन्त्री क्वार्टर सर्ने तयारी गर्दागर्दै मन्त्री पद गयो । अनिलकुमार झाहरूचाहिँ अझै क्वार्टरमा छन् । केही मन्त्रीले क्वार्टर छाडे पनि सामग्री नसारेको र क्वार्टरमा फर्कने आसमा रहेको त्यहाँका एक कर्मचारीले बताए । यो समाचार जनआस्था साप्ताहिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार