logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपाका जबसले मूल्यवृद्धि विरुद्ध प्रदर्सन गर्ने


  • राजनीति
  • बिहिबार, असार २४ २०७८

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोध र सुजिता भण्डारीको हत्याको छानबिन गरी दोषी पत्ता लगाई कारबाहीको माग गर्दै बिहिबार देशव्यापी विरोध तथा प्रदर्शनमा उत्रन आम जनसमुदायमा अपिल गरेको छ ।
उक्त विषयमा नेकपा निकट संयुक्त जनवर्गीय सङ्गठनहरूले जारी गरेको प्रेस विज्ञप्तीमा नेपाल आयल निगमले ‘इन्धनको अन्तराष्ट्रिय मूल्य समायोजन’को नाममा पुनः पेट्रीलियन पदार्थ, डिजल, पेट्रोल, मट्टीतेल, ग्याँसमा मूल्यवृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को महामारी, देशव्यापी बाढी, पहिरो, डुबान आदिको समास्याले जनता आक्रान्त भएका छन् । लाखौ युवाहरूले रोजगारी गुमाएका छन् । गरिब, किसान, मजदुर, विद्यार्थी, महिला, सुकुमबासी, दलित लगायत आम जनताको जीवन दिनप्रतिदिन समस्याग्रस्त बनिरहेको छ । जनताको दिन–दैनिकी दयनीय र कष्टकर बनिरहेको छ । राज्यसत्ता जनताको यी तमाम विषयमा नजरबन्दाज गरिरहेको छ ।
आर्थिक रूपमा दिनप्रतिदित बेहाल बन्दै गएका जनतालाई मूल्यवृद्धि, मह, कालाबजारीले झन् ठूलो चपेटामा पारेको छ । जनताको दुःख, कष्ट र पिडामा साथ दिनुपर्ने सरकार र उसका निकायहरू जनतालाई नै विभिन्त प्रकारको शोषण थोपरिरहेका छन् । पेट्रोलियम पदार्थमा निरन्तर गरिएको मूल्यवृद्धि जनतामाथि शासकले वैधानिक रूपमा लादिएको अत्याचारको प्रत्यक दृष्टान्त हो ।
सरकार र आयल निगमले गरेको यस्तो कार्यको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौ । साथै चौतर्फी रूपमा महह्गी र कालाबजारीलाई प्रोत्साहन गर्ने गरी भ्रष्ट आयल निगमको मूल्य वृद्धिको यो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौ । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोध र सुजिता भण्डारीको हत्याको छानविन गरी दोषी पत्ता लगाई कारबाहीको माग गर्दै आज दिउँसो ३ बजे माइतीघर मण्डलामा र देशव्यापी विरोध तथा प्रदर्शनमा उत्रन सम्पूर्ण न्यायप्रेमी युवा, विधार्थी, महिला, किसान, सुकुम्वासी, पत्रकार, संस्कृतिकर्मी, स्वास्थ्यकर्मी, दलित, खेलप्रेमी,बुद्धिजीवीलगायत आम जनसमुदायमा विशेष अपिल गर्दछौ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार