logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपाका प्रभावशाली नेता ‘सुदर्शन’ अस्पताल भर्ना


  • राजनीति
  • शुक्रबार, असार २५ २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली अस्पताल भर्ना भयका छन मुटुमा समस्या आयकोले उनलाई अस्पताल लागियको हो। हृदयाघात काे आशंकामा नेता वलीलाइ अस्पताल भर्ना गरिएकाे पारिवारिक स्राेतले बताएकाे छ । नेता वलीकाे शरीर सुन्निएकाे बताइएकाे छ ।

चैत १० गते काभ्रेमा पक्राउ परेका ओलीलाई नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएको अभियोगमा ललितपुर जिल्ला अदालतको अनुमतिमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।विप्लव नेकपाका स्थायी कमिटी सदस्य ओली, सुदर्शनका मुख्य सहयोगी नुमबहादुर विकसहित नख्खु विस्फोटमा संलग्न तीनजना काभ्रेबाट पक्राउ परेका थिय।

नक्खु कारागारमा रहेका ओली लाइ आज गंगालाल हृदय केन्द्र मा भर्ना गरियको हो ।‘विप्लव’ नेकपा ले दुई वर्ष भूमिगत राजनीतिपछि सार्वजनिक हुँदै गर्दा सरकारसँग यो समूहले तीन बुँदे सहमति संगै सोतन्त्र भयपनी आफ्ना कार्यकर्ता रिहा नभयको भन्दै असन्तुस्टी प्रकट गर्दै आयको । सरकारसँग सहमति भएको ४ महिना बितिसक्यो । सहमति कार्यान्वयन र सहजीकरणको जिम्मा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् वार्ता समितिका सदस्य राजन भट्टराईलाई दिइएको छ ।

सोही विषयमा छलफल गर्नका लागि विप्लव नेकपाकाे तर्फवाट बार्ता टाेली प्रमुख र नेता धर्मेन्द्र बास्ताेला समय आघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट पनि गरे । छलफलमा नेता, कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्नेबारे प्रधानमन्त्रीसँग छलफल भएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार