logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सकियाे एमाले कार्यदलकाे बैठक, के भयाे निर्णय ?


  • राजनीति
  • शुक्रबार, असार २५ २०७८

नेकपा एमालेको कार्यदल बैठक सकिएकाे छ । अर्थमन्त्रालयमा बसिरहेको आजको बैठकमा नेताहरू चार घण्टादेखिको छलफल गरेका थिए ।
कार्यदलले सहमतिको दस्तावेज तयार पारेको जनाईएको छ । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि सहमतिको टुँगोमा पुगेको दाबी गरे ।

उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र भाषिक शुद्धता मिलाउन बाँकी रहेकोले भोलिबैठक पूनः बस्ने र टुँगो लगाउन जनाए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट विष्णु पौडेल संयोजक छन् । सदस्यहरुमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । उता, वरिष्ठ नेता माधव नेपालको तर्फबाट संयोजकमा भीम रावल छन् । र, सदस्यहरुमा रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र गोकर्ण विष्ट छन् । कार्यदलको बैठक जारी रहेको समयमा दुवै तर्फका एक एक नेताहरु ओली र नेपाललाई मस्यौदाको खाका देखाउन गएका थिए । ओलीको तर्फबाट शंकर पोखरेल गएका थिए भने नेपालको तर्फबाट पन्त गएका थिए ।
एमाले कार्यदलको बैठकबाट शंकर पोखरेलपछि रघुजी पन्त पनि बाहिरिएका छन् । सिंहदरबारमा जारी बैठकमा अरू कार्यदलका सदस्यहरूबीच भने छलफल भइरहेको बेठकबाट बाहिरिएका नेता पन्तले जानकारी दिए ।

उनले आजको बैठकमा एकताका लागि तयार पारिएकाे मस्यौदामा कार्यदलका सदस्यहरूले आफ्नो विचार राखेको बताए । उनका अनुसार सो मस्यौदालाई आजै पूर्णता दिने तयारी गरिएको छ ।

“एकताका लागि तयार पारिएको मस्यौदामा छलफल भयो । हामीलाई लागेका कुराहरू राख्यौँ । हाम्रा सुझावलाई समेटेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णता दिइने तयारी भएको छ । बैठक चलिरहेको छ, फाइन रूप दिने प्रयास भइरहेको छ,” उनले भने ।

बुधबार राति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता भएको थियो । तर ‘पावर सेयरिङ’मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।

बैठकको बीचमै बाहिर निस्किएका नेता शंकर पोखरेलले सहमतिको लागि प्रयास गरिरहेको बताएका छन् । ओली पक्षको कार्यदल सदस्य पोखरेलले संचारकर्मीसँग भने, ‘सहमतिका लागि प्रयास गरिरहेका छौँ, सम्भवत: आजै टुंग्याउँछौँ ।’

आजको बैठकमा दुवै पक्षले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिमरूप दिने कोसिस हुने नेताहरूले बताएका थिए । कार्यदलका सदस्यहरूले छलफलहरू सकारात्मक रहेको बताइरहेका छन् ।

तर बिहीबार कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार