logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेता सुदर्शनको स्वास्थ्य थप जटिल : सिसियुमा सारियो


  • राजनीति
  • आइतबार, असार २७ २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका सचिवालय सदस्य कमिटी सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ को स्वास्थ्य अवस्था थप बिग्रीएको छ । नेता सुदर्शनकाे स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले सिसियुमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएकोछन ।
अस्पतालमा गरिएको इको जाँचका क्रममा रिपोर्टमा डिसेवल देखाएपछि बासबारी स्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे सिसियुमा उपचार थालिएको छ । ‘सुदर्शन’ लाई साइलेन्ट ‘हर्ट–अट्याक’ भएपछि गत गत शुक्रवार अस्पतालमा भर्ना गरिएको थियो । सुगर, प्रोस्टेट, कोलेस्ट्रोल, प्रेसर र मुटुरोगबाट पीडित सुदर्शन लामो समयदेखि औषधी सेवन गरिरहेका थिए । एक हप्ता अगाडि नै स्वास्थ्यमा समस्या देखिएपछि कारागारमै स्वास्थ्य जाँच भएको र गंगालाल हृदय केन्द्रमा कारागारका डाक्टरले रिफर गरेको थियो ।

उनको उपचारमा सलग्न डाक्टर बिबेक मल्लका अनुसार स्वास्थ्य अवस्था नाजुक भएकोले सिसियु कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको जानकारी दिएकाछन । नेता वलीकाे शरीरका केही भाग सुन्निएकाे छ ।
बिगत २९ महिना देखि जेल जीवन बिताइरहेका ‘सुदर्शन’को स्वास्थ्यमा समस्या आएपछि असार २५ गते शुक्रबार अस्पताल भर्ना गरिएको थियो । एनेता सुदर्शन जनयुद्ध कालमा ३ वर्ष र पछिल्लो प्रतिबन्दको समय यता २ वर्ष ४ महिनादेखि जेल जीवन विताइरहेका छन् ।
सरकारले नेकपा सग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्दा नेता सदर्शनसहित दर्जनौं नेता कार्यकर्ता जेलमै छन् । नेकपाले सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

चैत १० गते काभ्रेमा पक्राउ परेका ओलीलाई नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएको अभियोगमा ललितपुर जिल्ला अदालतको अनुमतिमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।विप्लव नेकपाका स्थायी कमिटी सदस्य ओली, सुदर्शनका मुख्य सहयोगी नुमबहादुर विकसहित नख्खु विस्फोटमा संलग्न तीनजना काभ्रेबाट पक्राउ परेका थिए ।

नख्खु कारागारमा रहेका ओली लाइ आज गंगालाल हृदय केन्द्र मा भर्ना गरियको हो ।‘विप्लव’ नेकपा ले दुई वर्ष भूमिगत राजनीतिपछि सार्वजनिक हुँदै गर्दा सरकारसँग यो समूहले तीन बुँदे सहमति संगै सोतन्त्र भयपनी आफ्ना कार्यकर्ता रिहा नभयको भन्दै असन्तुस्टी प्रकट गर्दै आयको । सरकारसँग सहमति भएको ४ महिना बितिसक्यो । सहमति कार्यान्वयन र सहजीकरणको जिम्मा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् वार्ता समितिका सदस्य राजन भट्टराईलाई दिइएको छ ।

सोही विषयमा छलफल गर्नका लागि विप्लव नेकपाकाे तर्फवाट बार्ता टाेली प्रमुख र नेता धर्मेन्द्र बास्ताेला समय आघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट पनि गरे । छलफलमा नेता, कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्नेबारे प्रधानमन्त्रीसँग छलफल भएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार