राजनीति
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंबाट आज पुन: दुई दिनको म्याद थपिएको हो।
‘अदालतले थप दुई दिन म्याद थप गरिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले भने।
गत बुधबार चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो। त्यसपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको थियो। आइतबार पुन: थप दुई दिन म्याद थप गरिएको थियो।