राजनीति
सत्तारुढ दल नेकपा एमालेकाे बिवाद समाधान गर्न बनेको कार्यदलले गरेको १० बुदे सहमति पश्चात् माधव समुहमा औपचारिक फुट आएको छ । माधव समुहकाे फुटसंगै बरिस्ठ नेता नेपाल एक्लिएका छन् । माधव समुहका प्रभावशाली नेता भिम रावल सुरेन्द्र पाण्डे गाेकर्ण बिष्ट घनश्याम भुसाल लगायतले तयार पारेकाे सहमतिलाई नेता माधव नेपाल ले च्यातिदिने सार्वजनिक अभिव्यक्ति दिए पश्चात् माधव समुहकाे फुट सतहमा देखिएकाे हाे ।
यसैबिच माधव समुहका प्रभावशाली नेता भिम रावलले आज हुने स्थायी कमिटीकाे बैठकमा आफुहरु जाने घाेषणा गरेका छन् । १० बुदे सहमति सार्वजनिक गर्ने क्रममा पत्रकारहरु जिज्ञासामा नेता नेपालले अब आफुहरु पार्टीको बैठकमा सहभागी हुने बताएका हुन ।
यस्तै एमालेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले असहमति प्रकट गरेका छन् । रातारात सम्झौता गरिएकोमा आशंका उत्पन्न भएको नेता नेपालले बताएका छन् । उनले आजकाे स्थायी कमिटी बैठकमा नजाने संकेत गरेका छन् ।