राजनीति
एक हप्ता अगाडि गिरफ्तार परेकाका नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ को अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रकाण्डले मात्रै ७ करोड ५६ लाख रुपैयाँको विवरणसहितको रेकर्ड विशेष ब्यूरोको टोलीले फेला दावी गरेको छ ।
बिश्वकर्मा पक्राउ परेपछि प्रहरीले कपनस्थित घरमा छापा मारेको थियो । त्यहाँ २०७३ साल चैतदेखि विवरण फेला पारेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनको घरमा आय र व्यय विवरणमा विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुलाई दिइएको रकमको बारेमा उल्लेख गरिएको समेत बताएको छ ।