logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सर्वोच्चकाे फैसलापछि यस्ताे आयाे विप्लव नेकपाकाे धारणा


  • राजनीति
  • सोमबार, असार २८ २०७८

विप्लव नेतृत्वको नेकपाले सर्वाेच्च अदालतकाे फैसलालाई चिया कप भित्रकाे तुफान बाहेक केही नभएको दावी गरेकाे छ । नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा धारणा लेख्दै उक्त कुरा बताएका छन ।

नेता बास्ताेलाले संसद पुनःस्थापन या बिघठन अदालती कार्यवाही राजनीतिक रुपमा केवल एक सिक्काकाे दुइपाटाे भएको बताएका छन । नेता बास्ताेलाले लेखेका छन् “संसदीय व्यवस्थाले दिने भनेको राजनीतिक अस्थिरता, आर्थिक गतिहीनता र सामाजिक पराधिनता बाहेक केही हुँदैन । निरन्तरको यो दुष्चक्रबाट मुक्त हुन वैज्ञानिक समाजवाद बाहेक अर्को विकल्प छैन । सबैले समयमै मनन् गरौ: प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह, वैज्ञानिक समाजवाद आजको राजनीतिक बाटो हो”

हेर्नुस् स्टाटस
अदालती फैसला संसदीय घेरा भित्र उथलपुथलको बिषय भएपनि जनताको वायस्तविक राजनीतिमा चिया कप भित्रको तुफान बाहेक केही होइन । संसद पुनर्स्थापना या बिघटनको अदालती कार्यवाही राजनीतिक रुपले केवल एक सिक्काका दुई पाटा हुन् । संसदीय व्यवस्थाले दिने भनेको राजनीतिक अस्थिरता, आर्थिक गतिहीनता र सामाजिक पराधिनता बाहेक केही हुँदैन । निरन्तरको यो दुष्चक्रबाट मुक्त हुन वैज्ञानिक समाजवाद बाहेक अर्को विकल्प छैन । सबैले समयमै मनन् गरौ: प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह, वैज्ञानिक समाजवाद आजको राजनीतिक बाटो हो ।                                                   

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार