logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

काेटेश्वर तनावग्रस्त, माधवकाे घर घेर्दै ‘युथ फाेर्स’ !


  • राजनीति
  • बुधबार, असार ३० २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् ।

सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो ।

सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ ।

आज मात्रै बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । ओली समूहका युवाहरुले भने नेपाललाई फाँसी देउ जस्ता उत्तेजित नारा लगाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार