logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रकाण्डलाइ रिहा गर्न सर्वोच्चको आदेश प्रहरीको पुन पक्राउ गर्ने तयारी


  • राजनीति
  • शुक्रबार, भाद्र १ २०७५

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर ‘प्रकाण्ड’ रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । साउन २२ गते बेलुका हेटौडा बाट काठमाडौ आउदै गरेका उनलाइ चोभार नजिक टौदह बाट प्रहरीले गिरफ्तार गरेको थियो ।

बिश्वकर्मा गिरफ्तार परेपछि उनका छोराले हालेको बन्दी प्रत्यक्षिकरणको रिटमा आज सुनुवाइ भएको हो । दिउसो सर्वोच्च अदालतमा उपस्थित गराइएको उनको पक्षमा २८ जना बरिस्ठ वकिलहरुले बहस गरेका थिए ।

विश्वकर्माका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुखविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार