राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला समितिले महँगी र कालोबजारी विरुद्ध व्यापक बिरोध प्रदर्शन गरेको छ ।
बिद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको उक्त कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय पदाधिकारी युबा संगठनका केन्द्रिय अध्यक्ष पाटन जंगली अखिल लगाएतको उपस्थिति रहेको थियो ।
यति बेला बिद्यार्थी संगठनहरुले आम बिद्यार्थीलाई आन्दोलन प्रति चासो, रुचि र सहभागीता गराउन नसकीरहेको बेलामा क्रान्तिकारी जिल्ला समिति ललितपुरले गरेको कार्यक्रममा बिद्यार्थीको सहभागीताले उक्त भनाइलाइ क्रस गरिदिएको छ । उक्त कार्यक्रममा स्कुल कलेजका बिद्यार्थीको राम्रो सहभागीता रहेको थियो ।
कार्यक्रममा भब्य र सानदार बनाएकोमा क्रान्तिकारी ललितपुरले नेकपा जिल्ला समिती ललितपुर लगायत सवत्र चर्चा र धन्यवाद प्राप्त गरेको क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश सुनारले जानकारी दिएकाछन ।




