राजनीति
नेपाली राजनीतिमा केही फेरवदल भए सगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द’विप्लव’ले राजनीतिक भेटघाटलाई तिब्रता दिएकाछन । हिजो मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता गरेका बिप्लवले आज नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल निवासमा पुगेर भेटवार्ता गरेकाछन ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको निवास कोटेश्वरमा पुगेर भेट्घाट गरेका नेकपाका महासचिव बिप्लवको साथमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कंचन लगाएत सचिवाल टिमको सहभागीता रहेको थियो ।

अझ चाख लाग्दो बिषय त उक्त भेटघाटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत सगै देखिएकाछन । यो दृश्यले नेपाली राजनीतिमा नया केही संकेत गर्न खोजेको बिष्लेषकहरुको प्रतिक्रिया रहेको छ । अर्थात यो भेटवार्तालाई नेपाली राजनीतिना निकै चासोपुर्वक हेरिएको छ ।