logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दिव्यास्त्र बोकेर आएको छु, हेडक्वाटरमा बुझाउनेछु : नेता ‘सुदर्शन’


  • राजनीति
  • शुक्रबार, साउन १ २०७८

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’ ले जेल जीवनबाट दलाल पुजीवादी ब्यवस्थालाई परास्त गर्ने  दिव्यास्त्र बोकेर आएको भन्दै अब छिट्टै हेडक्वाटमा बुझाउने बताएका छन ।                                                               उनले  खराव ब्यवस्थाले साशन गरेको मुलुकमा असल बिचार बोक्ने क्रान्तिकारीहरु जेल र हिरासतमा बस्नुपर्ने बाध्यता हुने बताएकाछन । यद्यपि जेल र हिरासतको मोर्चाबाट क्रान्तिकारीले धेरै कुरा सिकेर आउने बताएकाछन ।  सुदर्शनले अहिलेको ब्यवस्थाको संचालक दलाल राजनीति अर्थशास्त्र भएको भन्दै अब त्यसको विरुद्ध निर्मम हमला नगरे लडाइ नजितिने धारणा व्यक्त गरेका छन ।

नेता सुदर्शनले मुलुकमा दलाल पुजीवाद रहेसम्म अपराध रहने र लुटपाट चलिरहने भन्दै त्यसको अन्त्य बिना जनताको रक्षा नहुने ठोकुवा गरेकाछन ।
नेता सुदर्शनले आफू गिरफ्तार परेको शन्दर्भ स्मरण गर्दै आफ्नै भित्र लुकिछिपी बसेका श्वेत बन्दुकेको कारण गिरफ्तार भएको बताएका छन् । सर्वोच्च अदालतका आदेशमा रिहा भएका सुदर्शनले बन्दुक बोकेको बर्ग बैरी भन्दा आन्दोलनमा छिरेका श्वेत बन्दुकेबाट बच्न हरेक आन्दोलनलाई जोगाउदै लैजानु पर्ने धारणा राखेकाछन ।
आज राजधानीमा गरिएको सम्मान कार्यक्रममा बोल्दै सुदर्शनले भने, “बाहिरको दुश्मन सजिलै देख्न सकिन्छ, बन्दुक समातेको दुश्मन सजिलै देख्न सकिन्छ तर हाम्रै पार्टीभित्र बन्दुक बोकेका मानिसहरु हुन्छन्, जसले हामीलाई आफै गाडीमा लिएर पुलिसलाई बुझाईदिए ।” बरु बाहिरका शत्रुलाई जित्न सजिलो हुने तर भित्रै नदेखिने गरी झण्डा बोकेका दुश्मनसंग सतर्क रहनु पर्ने समेत उनले बताए ।

नेता सुदर्शनले आफु यहासम्म आइपुग्दा थुप्रैपटक जेलमा परेको स्मरण गर्दै परिवर्तनको पक्षमा लागेकै कारण यस्ता कुरा सामन्य हुने बताएकाछन । नेता सुदर्शनले जेल जीवन खेर नफालेको बताउँदै आफूले दिब्यास्त्र बोकेर आएको र नेता कार्यकर्ताहरुलाई प्रदान गरेर कुरुक्षेत्र कब्जा गरिने बताएकाछन ।
अर्को प्रसगमा बोल्दै प्रचण्ड आफ्नै टाउकाको मुल्य तोक्ने सगको सहकार्य र सहयात्रा गरेर जनयुद्धको अपमान गरेको बताएकाछन । उनले यदी प्रचण्डले अहिले हिडेको बाटो तुरुन्तै बदलेनन भने उनी एक अपराधी मात्र करार हुने धारणा राखेकाछन ।

नेता सुदर्शनले आफू जेल जीवन बिताएर रिहा हुदासम्म अथक मेहनत गर्ने पार्टी नेतृत्व, वकिल,पत्रकार सुरक्षाकर्मी सबैलाइ हार्दिक धन्यवाद समेत दिएकाछन । कार्यक्रममा लोकप्रिय नेता माइला लामाले समेत सम्बोधन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार