logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा काठमाडौको राहत संकलन : श्रेष्ठले आफै बोलाएर राहत दिए


  • राजनीति
  • शनिबार, साउन २ २०७८

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ जिल्ला समिती अंतरगत महानगर कमिटीले राहत संकलनलाई तीव्रता दिएको छ ।
कोरोना महामारी र बाढी पहिरोका कारण मजदुर किसान गरिव असाय नागरिक भोकभोकै बस्नु परेकोको अवस्थालाई ध्यानमा राख्दै नेकपाको निर्देशन अनुरुप राहत संकलनलाई लागेको काठमाडौ महानगर समिति ईन्चार्ज अविरलले जानकारी गराए ।
काठमाडौको सामाखुशी स्थित दिशान्त सर्भिस सेन्टरका सञ्चालक युवा व्यवसायी दिल बहादुर श्रेष्ठद्धारा नेकपा काठमाडौ महानगर समितिलाई राहत प्रदान गरे पश्चात् सहयोगी दाता श्रेष्ठलाई विशेष धन्यवाद दिदै सो कुरा बताएका हुन् ।
सबै ठाउँमा बाट संकलन गरिएको राहत सामाग्रीलाई पार्टीको जिल्ला कार्यालयमा जम्मा गरिसकेपश्चात् जटिल समस्या भएका नागरिकहरुको पहिचान गरेर बितरण गरिने नेता अविरलले बताए ।


सहयोग हस्तान्तरण गर्दै दिशान्त सर्भिस सेन्टरका म्यानेजिङ डाइरेक्टर दिल बहादुर श्रेष्ठले नेपालमा राजनीतिक दलहरुको संख्या सयौ भएता पनि देश र जनताको निम्ति निस्वार्थ रुपमा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी मात्र लागेकोले आफुहरुले नेकपालाई रोजेको बताए । नेकपाले लिएको निती र उसका क्रियाकलापहरुलाई पछिल्लो समय आम नागरिकले राम्रोसँग नियाली रहेका कारण विप्लव नेकपाले पनि राहत संकलन अभियान सञ्चालन गरिरहेको जानकारी पाउनासाथ तत्काल पार्टीसँग सम्पर्क गरेर आफुले राहत सामाग्री हस्तान्तरण गरेको जानकारी गराए । युवा व्यवसायी श्रेष्ठले नेकपाको काठमाडौ महानगर समितिलाई दश बोरा चामल, एक बोरा दाल, एक बोरा आयोडिन नुन, दुई कार्टुन तेल, २५ केजी चिनी, दालमोठ, मास्क, सेनिटाइजर लगायतका थुप्रै सामाग्री हस्तान्तरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार