logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

माओवादी केन्द्रका दुई मन्त्रीले लिए सपथ


  • राजनीति
  • शनिबार, साउन २ २०७८

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २ मा सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् ।

सपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएपनि डेढ घण्टा पछि सुरु भएको थियो । मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका कारण ढिलो गरि सपथ ग्रहणको कार्यक्रम सुरु भएको थियो । तर कानून अभावका कारण नेपाली भाषामा सपथ लिनु परेको मन्त्री साहले बताए । सपथ ग्रहणलगत्तै उनले मातृभाषामा सपथ सम्बन्धि विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि जनता समाजवादी पार्टी नेपालबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री रहेका सरोजकुमार कुशवाहाले राजीनामा दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार