logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

बहिर्गमित जनमुक्ति सेनाको प्रधानमन्त्रीसग भेट , योद्धाहरुको सम्मान गर्न ध्यानाकर्षण


  • राजनीति
  • शनिबार, साउन ९ २०७८

बहिर्गमित जनमुक्ति सेनाका आफ्ना संगठनको मागलाई ब्यवहारत कार्यान्वयन गरान प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएको छ । बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटमा आफ्ना मागहरुलाइ गम्भीरतापूर्वक ग्रहण गरि शिघ्र कार्यान्वयन गर्न समेत आग्रह गरेको छ । उक्त भेटमा प्रधानमन्त्रीले संगठनको मागलाई सम्बोधन गर्ने आश्वासन दिएको प्रवक्ता राजन थापा ‘सुवास’ ले बताएका छन ।

भेटको क्रममा बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री देउवालाई आफूहरूले उठाउँदै आएको माग र मुद्दाबारे ध्यानाकर्षण गराउदै गम्भीरतापूर्वक लिन आग्रह गरेको जनमुक्ति सेनाका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ले जानकारी दिएका छन ।

प्रवक्ताका अनुसार अघिल्ला सरकारले गरेको निर्णय लोकतान्त्रिक योद्धा अभिलेखिकरण सम्मान समिति निर्माण गरि गरिएको सम्मानलाई निरन्तरता दिन र सम्बोधन हुन बाँकी माग कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको छ ।

आफ्ना मागहरूको बारेमा बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीले साउन १ गते अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग समेत भेट र छलफल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार