logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड र नारायणकाजी बिच लफडा


  • राजनीति
  • शनिबार, साउन ९ २०७८

नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको लगभग टुंगो लगाएको छ । माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा जान ८ मन्त्रालय मागेको छ । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वा हरिबोल गजुरेलमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने भएको हो ।

प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले माओवादीबाट पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ र जनार्दन शर्मालाई अर्थमन्त्री बनाइसकेका छन्। अन्य मन्त्री बन्ने नामहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना विसङ्खे, सुरेशकुमार राई र शशी हुन् । उनीहरुको मन्त्रालयको टुंगो भने लागिसकेको छैन ।

सुदन किराती, शिवकुमार मण्डल, हरिराम चौधरीले पनि मन्त्री बन्ने इच्छा देखाएका छन् । माओवादी केन्द्रले सकेसम्म सातै प्रदेश समेटेर मन्त्री बनाउने भएको छ। कर्णालीबाट शर्मा, बागमतीबाट भुसाल मन्त्री भइसकेका छन्।

माओवादी केन्द्रले एक उपप्रधानमन्त्री पाउने भएकाले नारायणकाजी वा गजुरेलको नेतृत्वमा सरकारमा जाने निश्चित भएको छ। पार्टीमा वरिष्ठ नेता भएकाले श्रेष्ठको नेतृत्वमा सरकारमा जानुपर्ने कुरा माओवादीमा उठिरहेको छ। तर, यसअघि आफूलाई थाहै नदिइ भुसाल र शर्मालाई मन्त्री बनाएको भन्दै अध्यक्ष दाहालसँग नारायणकाजी खुसी छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार