logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भिम रावल प्रतिक्रियावादी कित्तामा पुगे : प्रचण्ड


  • राजनीति
  • शनिबार, साउन ९ २०७८

नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली अहिले विक्षिप्त रहेको टिप्पणी गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औँ स्मृति सभामा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।

‘माधवजीले ओलीलाई महाराज भनेर बडो सुन्दर व्यंग्य गर्नु भो। केपी ओली अहिले विक्षिप्त छन्। कहिले बालकोटको बार्दलीमा छटपटाउँछन्। उनको यो छटपटाहट धेरै दिन रहन्न,’ प्रचण्डले भने। ओली केही भक्त हनुमानको भरमा चलेको तर्क गर्दै तिनले पनि साथ छाड्ने उनको दाबी रह्यो।

‘ओलीका हनुमान त्रेता युगका हनुमान त हैनन्। ओलीलाई चिन्न थालेका छन्,’ उनले भने। प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भइरहेको बताए। संसद् विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भइरहेको बताए। उनले भने, ‘गठबन्धन टुटाउने प्रयास भयो। बचाउने प्रयास गर्‍यौं। अहिले पनि भत्काउने प्रयास भइरहेको छ। एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’

संसद् विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद् पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी छ। संविधान बचाएर ठुलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए। ‘ठूलै लडाइँ जितियो। संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन्। बुद्धिमत्ताका साथ सामना गर्नुपर्छ। सजिलो छैन,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार