logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

श्रीमतीकै कारण एमाले बन्न नसकेका दुई कमरेड


  • राजनीति
  • आइतबार, साउन १० २०७८

लुम्बिनीका दुई कमरेड झण्डै ‘बा’ एमाले बनिसकेको चर्चा यतिबेला बुटवलतिर ब्यापक छ।

वर्षमान पुन र सुदर्शन बरालको ‘चलाख राजनीति’ले वाक्क–दिक्क भएका कुलप्रसाद केसी ‘सोनाम’ र बसन्त घर्तीमगरलाई मुख्यमन्त्री र मन्त्रीको आशमा एमालेभित्र पसाउने बालुवाटारले जोरजुलुम गरेको थियो ।
तयारी तीव्र थियो,कुलप्रसादलाई मुख्यमन्त्री बनाउन शंकर पोखरेलसम्म राजी भैसकेका थिए। तर, तर आफ्नैले साथ नदिदा खाइपाइ आएको मन्त्री पद पनि छाडेर हिँड्नुपर्यो ।

शंकरसँग तीन वर्ष सँगै बस्दा मूल घर फर्किन तयार भएनन्,कुलप्रसाद। देशभर प्रतिगमनको आगो बल्दै गर्दा श्रीमती रिसाउँदै रोल्पातिर हान्निइन्। श्रीमान भन्थे एमाले बनौँ,श्रीमतीले पटक्कै मानिनन्। यो कथा कमरेड सोनामको हो।
कमरेड ताराले रोल्पाका गाउँ–गाउँ पुगी प्रतिगमनको विरोध गरिन्। तर,सोनाम बुटवलमै बसे। अन्ततः श्रीमतीकै कारण माओवादीमा रहिरहे ।

पूर्वमन्त्री सोनाम नेकपा–ताका मुख्यमन्त्री पोखरेलका खास पात्र मानिन्थे । उनले गृहजिल्लाकै माओवादी केन्द्र नेताहरू वर्षमान पुन र कृष्णबहादुर महरालाई समेत टेरेनन्। रोल्पाली ‘बा’ एमालेसँग मिलेर सोनामले खूब् गुट चलाए ।
केसीले पटक–पटक पुन र महरालाई उपेक्षा गर्दै तामझामसहित मुख्यमन्त्री पोखरेललाई ‘माओवादी किल्ला थबाङ’सम्म पुर्याए।

केसीका पिए प्रदीप कुवँर मुख्यमन्त्रीका पिएसँग ‘सोल्टी’ साइनो गाँस्दै खुब् मिल्छन्। कमरेड सोनामलाई एमाले बनाउने खेलमा प्रदीप अहिले पनि उत्तिकै सक्रिय रहेको वर्षमाननिकट एक नेताले बताए।

लुम्बिनीमा दोस्रोपल्ट प्रदेश प्रमुखको साथले टिकेको शंकर सरकार अहिले पनि संकटमा छ। अंक–गणित चल्दै गर्दा एमालेहरू माओवादी सांसद बसन्ततिर हान्निए। वार्ता र बार्गेनिङ शुरु भो । कुलप्रसादकी श्रीमतीले ‘माओवादी नै हुने हो,’ भनेपछि एमालेहरूले नयाँ पात्र ताकेका हुन्।

बसन्तले सांसद पदबाट राजीनामा दिने । अनि तत्कालै मन्त्री खाने, माओवादीको कारबाहीपछि उप–चुनाव गर्ने र खर्च सबै एमालेले ब्यर्होनेसम्मको कुरा मिलिसकेको वार्ता टोलीमा सहभागी माओवादीका एक नेता बताउँछन्।

सुदर्शन बरालले पार्टीभित्र ‘तीतो’ बनाएको कथा सुनाउँदा पनि बसन्तकी श्रीमतीले माओवादी नछाड्न चेतावनी दिइन्। दुई चरणको वार्ता गरिसकेका बसन्त श्रीमतीकै कारण ‘बा’ एमाले हुन पाएनन्। उनीहरूसँगै एमाले बन्ने तर्खर गरेका एक नेता भन्छन्, ‘माओवादी नेताका श्रीमतीहरू कडा हुने रहेछन्। कुलप्रसाद र बसन्त कमरेडलाई रोकेरै छाडे ।’ जनाअस्थाबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार