राजनीति
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने बताएका छन् ।
आजको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले नेता नेपाल पक्ष सरकारमा सहभागी हुने ‘ब्रिफिङ’ गरेको एक नेताले जानकारी दिए ।
“माधव नेपाल सरकारमा सहभागी हुनुहुन्छ । भोलि बिहान ८ बजे गठबन्धनको बैठक बस्छ । त्यसमा मन्त्रीका विषयमा छलफल हुन्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले बताए ।
आज बिहान मात्रै अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । भेटमा मन्त्रीको नाम टुंगो लगाउन उनले नेता नेपाललाई आग्रह गरेका थिए । एमालेमा एकता प्रयास भएकाले सरकारमा जाने–नजाने तत्काल टुंगो लगाउन असहज भएको नेताहरु बताउँछन् ।