logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

आज महासचिव विप्लवले प्रशिक्षण दिदै


  • राजनीति
  • शुक्रबार, साउन १५ २०७८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रवासमा रहेका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएका छन् । महासचिव विप्लवले शुक्रबार दिउँसो २ बजेदेखि जुममार्फत नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएका हुन् । नेपाली जनप्रगतिशील मोर्चा कतार र नेपाली जनप्रगतिशील बहराइनको आयोजनामा हुन लागेको सो कार्यक्रममा महासचिव विप्लवले कपिलवस्तु शिवगढीबाट प्रशिक्षण दिनेछन् ।

‘व्यपारिक भेदभावयुक्त शहरिया व्यवस्थापनको अन्त्य गरौं, गाउँबस्तीहरुलाई आफ्नै शैलीमा विकसित गरौं’ भन्ने नारा दिइएको सो कार्यक्रममा अस्पताल र कार्यालय व्यवस्थापनको लागि सहयोग हस्तान्तरण समेत हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार